Rashtriya Dainik

धोबिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट पटेलको टिमले मनोनयन दर्ता गराए

वीरगंज १३ बैशाख ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट बशिस्ट नारायण लगायतको टिमले मनोनयन दर्ता गराएको छ ।
नेपाली कांग्रेस धोबिनी गाउँपालिकामा पटेलले गाउँपालिका अध्यक्षका लागि गाउँपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्
ब्यानर एवम् रुख चिन्ह सहित हजारौँ नेता तथा कार्यकर्ताहरु पटेलको मनोनयन दर्ता गराउन उपस्थित रहेका थिए ।
बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका पटेलले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने अध्यक्षका उम्मेदवार पटेलको विश्वास छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित