Rashtriya Dainik

धोबिनीको अध्यक्षमा युवा नेता पटेलको मनोनयन दर्ता

वीरगञ्ज, १३ बैशाख
नेकपा माओवादी केन्द्रका युवा नेता सन्तोष पटेलले पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका परिक्रमा गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा पटेलले मनोनयन दर्ता गराएका हुन् ।
धोबिनी गाउँपालिकाको कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पटेलले नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । गाउँपालिकामा परिवर्तन गर्नका लागि जोश र जाँगरसहितको युवा नेतृत्वको आवश्यक्तालाई मध्यनजर गर्दै आफुले उम्मेदवारी दिएको पटेलले बताए ।
गाउँपालिकाबासीले पनि युवाले उम्मेदवारी दिनुपर्ने माग गरे बमोजिम गाउँपालिकाको बिकास र गाउँबासीको सुख दुःखमा साथ साथ दिने जनताको माझमा भिजेको नेतृत्व जनताले खोजीरहेको पटेलको भनाई छ ।
धोबिनीमा अस्तव्यस्त बिकास र भ्रष्टाचार तथा कमिशनको प्रवृतिलाई अन्त्य गरेर सुशासन एवम् समृद्धिका लागि नेकपा माओवादी केन्द्रले नै जित्नुपर्नेमा पटेलले जोड दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित