राष्ट्रिय दैनिक / नवलपरासी , १२ बैशाख
नेपाली कांग्रेसले पाल्हिनन्दन गाउँपालिको अध्यक्ष , उपाध्यक्ष तथा बडा अध्यक्ष सहित सम्पुर्ण प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएको छ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसबाट राजेन्द्र सहानी र उपाध्यक्षमा फातिमा खातुन अन्सारी(सकिना)ले उम्मेदवारी दर्ता गराएकाे कमल किशोर रायमाझीले बताउनु भएको छ ।
त्यसैगरी ६ वटै वडामा बडा अध्यक्ष तथा सदस्यहरुमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्।

पाल्हिनन्दन गाउँपालिकामा बढ्दै गरेको भ्रष्टाचार र अनियमिततालाई जरैदेखि हटाउने र युवा जनशक्तिलाई देशमै राेजगारि दिने साथै कृषि ,शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्दै स्थानीय जनताहरुसंग हातेमालो गरेर विकास कार्यमा अगाडि बढ्ने उदेश्यले काङ्ग्रेसले अाज हर्साे उल्लासकाे साथ उमेदवारी दर्ता गराएको हाे ।
पाँच वर्षपछि वैशाख ३० गते हुन थालेको स्थानीय तहको निर्वाचनलाई विभिन्न राजनीतिक दलहरूले उत्सवको रूपमा लिएर उम्मेदवारी दर्ता गराएका छन।
पाल्हिनन्दन गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउदै सहानीले माअाेवादीले विगतको पाँच वर्षमा गरेका विकृति विसंगतिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए।

त्यस्तै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउदै फातिमा खातुन अन्सारी(सकिना) ले समाजको समृद्धि, स्वास्थ्य, शिक्षा, खानेपानी , महिला बालबालिका लगाएतकाे क्षेत्रमा सुधारका लागि आफूले काम गर्ने बताइन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

