Rashtriya Dainik

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

रंजित चौरसिया,वीरगंज, १२ बैशाख ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट बिवेक चौरसिया लगायतको टिमले मनोनयन दर्ता गराएको छ ।
नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिका पर्साका सभापति समेत रहेका चौरसियाले गाउँपालिका अध्यक्षका लागि गाउँपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
ब्यानर एवम् रुख चिन्ह सहित हजारौँ नेता तथा कार्यकर्ताहरु चौरसियाको मनोनयन दर्ता गराउन उपस्थित रहेका थिए ।
बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका चौरसियाले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने अध्यक्षका उम्मेदवार चौरसियाको विश्वास छ ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बिबेक चौरसियासँगै उपाध्यक्षमा किरण गुप्ता, वडा नं. १ को अध्यक्षमा सत्येन्द्र नारायण ओझा, वडा नं. २ को अध्यक्ष पदमा मुक्तिनाथ प्रसाद कुर्मी, वडा नं. ३ को अध्यक्ष पदकमा जय प्रकाश चौरसिया, वडा नं. ४ को अध्यक्ष पदमा अनोज कुमार चौरसिया, वडा नं. ५ को अध्यक्ष पदमा सुकदेव राउत अहिरले वडा सदस्य सहित मनोनयन दर्ता गराउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित