बर्दघाट १६ द्वारा कृषकलाई बिउबिजन बितरण,किसान लाभान्वित

नवलपरासी /१४ मंसिर

बर्दघाट नगरपालिका वडा नम्बर १६ ले कृषक प्रोत्साहनका लागि वडा भित्र रहेका
किसानहरुलाई विभिन्न प्रजातिका बिउबिजन तथा स्प्रे ट्याङ्की बितरण गरेको छ।

वडा अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच कृषकहरुलाई घास,तरकारीका बीउ तथा कृषि सामाग्री बितरण गरिएको थियो।

कार्यक्रममा वडा भित्र रहेका १६४ कृषकहरुलाई मुला,मार्फा साग,केराउ,घिउ सिमि लगायतका तरकारीहरुका बीउ बितरण गरिएको हो।त्यसैगरि ३ ओटा बाख्रा पालन समूह लाई १५ केजिको दरले र अन्य किसान लाई प्रतीब्यक्ती २ केजिका दरले २ सय जनालाई जै घासको बीउ बितरण गरिएको थियो।

वडाले तरकारिमा छिट्ने १०० थान किटनासक औषधि र ६ ओटा टोल सुधार समितिहरुलाई १२ वटा स्प्रे ट्याङ्की हस्तान्तरण गरिएको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए।

वडा ले किसानहरुलाई कृषिमा आकर्षित गराउनका निम्ति कृषि क्षेत्रमा उत्पादनको वृद्धि गरि किसानहरुलाई निर्वाहमुखी मात्रै नभएर ब्यवसायमुखी बनाउनका निम्ति किसान लक्षित विभिन्न कार्यक्रम हरु सन्चालन गर्दै आईरहेको अध्यक्ष सुकबहादुर गुरुङले बताए।

अझै पनि कृषि पेसा अगालेर दुख गरिरहेका वास्तविक किसानहरुले समयमै बीउ बिजन,मल,किटनासक औसधिहरु सहज रुपमा पाउन नसकेकाले प्रत्येक स्थानिय तहले वडा मार्फत प्रत्यक्ष रुपमा किसान लाभान्वित हुने खालका कार्यक्रमहरु ल्याउनु पर्ने अध्यक्ष गुरुङले बताए।

वडाले बिउबिजन तथा कृषि सामाग्री उपलब्ध गराएपछी कृषकहरु समेत हर्षित बनेका छन।

कार्यक्रममा वडा सदस्य, विभिन्न टोल सुधार समितिका अध्यक्षहरु,स्थानिय क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।भने कार्यक्रमको सन्चालन सोही वडाका सचिव यम प्रसाद न्यौपानेले सन्चालन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot