महेश सिंह सिरहा लहान १२ बैशाख – लहान नगरपालिका ३ मा वाडा अध्यक्षको उमेदवार राजेश चौधरीले मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका हुन्। उनको निकट पार्टी एमालेका बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका थिए। लहानमा एमाले र काङ्ग्रेसको कडा प्रतिस्पर्धा हुने आजको माहोलले संदेश दिएका हुन्।
राजनीति पृष्ठभुमि परिवारको जिम्मेवारी बोकेका राजेश चौधरी हाल कम्युनिस्ट राजनीतिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका हुन्। उनी पछिल्लो समय अध्यक्षका प्रत्यासी समेत रहेका थिए।जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र लहान ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले लहान ३ को अध्यक्ष पदको लागी उमेदवारी दिने घोषणा गरेका हुन।
गरीब दलित र अहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन।बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता चौधरीले लहान ३ का उमेदवारका लागि निकै चर्चामा रहेका छन।पछिल्लो चुनावमा लहान ३ का लागी अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

