पर्सा १२ बैशाख
पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाट पत्रकारले उम्मेदवारी दिएका छन् । पत्रकार लालबाबु बानिया बिगत दुई दसक भन्दा बढी पत्रकारिता क्षेत्रमा रहेर
प्रकाशित हुने सत्यसंदेश दैनिक , जनकपुर टुडे,मध्य प्रदेश दैनिक, अाकास एफ एम, अनलाईन,लगायत पर्सामा कार्यरत थिए । पत्रकारिता क्षेत्रमा रहेर समाजिक क्षेत्रमा काम गर्दै अाएकोले सो क्षेत्रबाट हाँसिल गरेको अनुभव राजनीतिमा प्रयोग गर्ने उनले बताए । उनी नेपाल पत्रकार महासंघ पर्सा का सदस्य समेत
रहेर काम गरेको वडा अध्यक्ष उमेदवार बनियाले बताए ।
‘जनयुद्धको काल होस वा विभिन्न आन्दोलनको समय गाउँका मानिसलाई नेताभन्दा अघि सरेर सहयोग गरेको हो । पत्रकारिता क्षेत्रमा रहेर जनता हरु को दुख शुखमा काम गर्दै अाएकोले राजिनितीक मा अाएर जनता हरुको सेवा गर्ने बताए । धोबिनी गाउँपालिका को वडा नं ४ लंगडी,बखरी, का जनता हरु संग हसुवा हथौडीमा मोहर लगाएर बिजयी गराउन अाग्रह समेत गर्नु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

