Rashtriya Dainik

सरावल-६ मा नेपाली काङ्ग्रेसकाे जनलहर , वडा अध्यक्ष पदमा गुप्ताकाे उमेदवारी

नवलपरासी ,१० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ मा नेपाली काङ्ग्रेसकाे जनलहर चलेको छ । अगामि बैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै जादा विभिन्न राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार कार्यक्रम सुरु गरेका छन । र जनताले देश विकास र देशको हरेक समस्याको समाधानका लागि नेपाली काङ्ग्रेस सधै कार्य गरेको भन्दै सरावल -६ का जनताहरुले नेपाली काङ्ग्रेस जिताउ अभियानमा समेत लागेका छन ।

सरावल -६ मा नेपाली काङ्ग्रेसकाे तर्फबाट वडा अध्यक्ष पदका उमेदवार छाेटेलाल गुप्ताले सधै जनताकाे सुख दुख बुझ्दै साथ सहयोग गर्दै समाजसेवामा लाग्नु भएको भन्दै स्थानीय जनताले नेपाली काङ्ग्रेसलाई भाेट दिई छाेटेलाल गुप्तालाई वडा अध्यक्ष पदमा विजय गराउने अभियानमा लागेका छन । भ्रष्टाचार र अनियमितता विरुद्ध सधै आवाज उठाउदै समाजलाई विकासको गतिमा लैजाने प्रायःसमा रहेकाे गुप्ताले कृषि ,शिक्षा ,राेजगार र सरावल -६ काे बाढि नियन्त्रण गर्ने र समुदायकाे विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने उदेश्य बाेकेर नेपाली काङ्ग्रेसकाे तर्फबाट सरावल -६ मा वडा अध्यक्ष पदका लागि आफ्नो उमेदवारी दिएको गुप्ताले बताए ।

साथै उहाँले जनतालाई दारु ,मासु र पैसा बाट किन्न पैसाले भाेट माग्न आउने भ्रष्ट र दलाल नेताहरुकाे पछाडि नलागि एउटा असफ ,ईमानदार र विकास प्रेमि नेतालाई विजय गराउन आग्रह समेत गर्नुभएको थिए ।साथै सरावल -६ का सम्पूर्ण आमा ,बुबा ,दाजुभाई दिदी बहिनीहरुमा आउदो स्थानीय निर्वाचनमा देश र जनताकाे लागि सधैं कार्य गर्ने नेपाली काङ्ग्रेसका ईमानदार र विकास प्रेमि नेताहरुलाई अमुल्य मत दिई विजय गराउन आग्रह समेत गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित