कंचनपुर / १४ मंसिर पुर्व- पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको हो । पश्चिम महेन्द्रनगर बजार बाट पुर्व तर्फ गैरहेको से १ च १४०६ नम्बरको ट्रकले लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा सवार प्रहरी हवल्दार बिस्टलाइ ठक्क्र दिदा हवल्दार बिस्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सुक्लाफांटा नगरपालिकाको झलारी स्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा आइतबार दिउँसो प्रहरी हवल्दार बिष्टलाई टक्कर दिएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।