राष्ट्रिय दैनिक / नवलपरासी , १२ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पहिलो दिन आइतबार न्यून उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारहरूको टुंगो नलागेका कारण पहिलो दिन फाट्टफुट्ट मात्र उम्मेदवारी दर्ता भएको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार सरावल गाउँपालिकामा जनमत पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले बताए ।

राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर शनिबार पनि निर्वाचन अधिकृतको कार्यालय खोलेर फारम वितरण गरेको भएपनि हालसम्म उम्मेदवारी दिन २ वटा राजनीतिक दलका उम्मेदवार आएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए ।
सोधपुछ र फारम लैजानका लागि फाटफुट मानिस आएपनि उम्मेदवारी दर्ताका लागि २ दल मात्र आएको सहायक निर्वाचन अधिकृत ज्ञवालीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

