महेश सिंह सिरहा लहान १२ बैशाख – निरन्तर समाजसेवामा लगेका युवा प्रेम कुमार साहले सप्तरीको बोदेबर्साईन नगरपालिका ४ बाट स्थानीय निर्वाचनमा भागलिन मनोनयन दर्ता गराएका हुन्। साहका अनुसार शुसाशन रहित समाज निर्माण गर्न र सुन्दर समाज निर्माणमा सहयोग गर्न आफू स्वतन्त्रबाट मनोनयन दर्ता गराएको उनले बताए।
बिगत लामो समय देखि समाजसेवामा लागेका युवा तथा समाजिक चिन्तन बोकेका साद्गी युवा प्रेम कुमार साहले समाजमा घटेको बेतिथी र बिकृती भ्रष्टाचार उन्मुख समाज निर्माणका लागी अग्रनी भुमिका निर्वाह गर्न स्वतन्त्रबाट वाडा अध्यक्षमा उमेदवारी दिएका हुन्।बैशाख ३० गते हुने निर्वाचनमा भागलिन हिजो मनोनयन दर्ता गराएका हुन्।
सामाजिक चिन्तन बोकेका साह बिगत्त लामो समय देखि समाजसेवा गर्दै आएका हुन।उनी सानै उमेर देखि समाजसेवामा होमिएका उनी समाजको चर्चित ब्यक्ती र लोकप्रिय उमेदवार समेत रहनु भएको हो। समाजका सयौं बौद्धिक युवाहरू साहको निर्माणमा सहयोग गर्न इन्छुक रहेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

