Rashtriya Dainik

जसापामा साधारण सदस्य समेत नरहने गरी नेता महतोले गरे पार्टी परित्याग

महेश सिंह सिरहा लहान १२ बैशाख – जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा,ख,का उपाध्यक्ष युवा नेता ललित नारायण महतोले पार्टीको साधारण सदस्य समेत नरहने गरी पहिला आफ्नै फेसबुक समाजिक संजाल मार्फद पार्टी परित्यागकाे घोषणा गरेका हुन्।

लहानमा जसापाका केही नेताहरुको फोहरी,स्वार्थी,घिर्नित राजनीतिका कारण पार्टीबाट नेता कार्यकर्ताहरु पार्टी छोडन बाध्य हुने गरेका छन्।फोहरी नेताहरुको कारण लहानमा जसपा पार्टी बदनाम मात्र हैन पार्टीको प्रभाव फित्लो देखिएको हो।लहान मधेस जनबिद्रोहको उदगम बिन्दु भए तापनि लहान नगरपालिकामा कुनै पार्टी संग तालमेल बिना चुनावमा भागलिन पार्टीको हैसियत समेत नरहेको दुख व्यक्त गरेका थिए।

लहानका स्वार्थी र घिर्नित नेताहरुको कारणले गर्दा पार्टी बद्नाम रहेको र संगठन बनाउन नसकेको मुख्य कारण रहेको नेता ललित नारायण महतोले पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो बताए हुन्।राजनीति जस्तो पार्टीलाई ब्यक्तीगत सम्पत्ति जस्तो हैकमवादी,जिमेदारी र तानाशाहीको कारण नेता, कार्यकर्ताहरुले लहानमा जसापा पार्टीबाट बाहिरीने गरेका छन्।पार्टीका जिम्मेवार ब्यक्तीहरु संग अनुरोध लहानमा सहि नेतृत्व कर्ताहरुको हातमा नेतृत्व दिन नेता महतोले पत्रकारहरु संग कुराकानी गर्दै यस्तो बताएका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित