वैशाख ११ / नवलपरासी
नेकपा एमाले पश्चिम नवलपरासीका पुर्व जिल्ला कमिटि सदस्य राजेश सिंह थापा (प्रदिप ) ले पार्टी परित्याग गर्नु भएकाे छ ।
वैशाख ३० गते हुनलागेको स्थानीय निर्वाचनाको संघारमा पार्टीले उचित स्थान नदिएकाे भन्दै असन्तुष्ट भएका थापाले जिल्ला अध्यक्षलाई राजीनामा दिनु भएकाे हो । राजनीमामा थापाले २ कार्यकालसम्म जिल्ला कमिटि सदस्य भएर पार्टीलाई अगाडि बढाएकाे अवस्थामा पार्टी पंक्तिले बेवास्ता गरेकाे भन्दै आफुले पार्टीकाे कुनै पनि पदमा नरहने गरि राजनीनामा दिएकाे घाेषणा गरेका छन् ।

थापाकाे नेतृत्वमा गाउँपालिका स्तरका कार्यकर्ता समेतले संयुक्त राजीनामा दिएका हुन् ।
थापाले प्रतापपुर गाउँपालिकाकाे अध्यक्ष पदका लागि उम्मेदवारी गर्न चाहेका थिए । थापाले भनेको अनुसार पार्टी आश्वासन मात्र दिदै आएकको थियो तर हाल टिकट दिन नसक्ने बताएपछि थापा रूष्ट बन्न पुगेका हुन् ।
पार्टी परित्याग गरेपश्चात कुन दलमा प्रवेश गर्ने भन्ने बारे पछि निर्णय लिने थापाले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

