महेश सिंह/ सिरहा लहान ,११ बैशाख – लहान १८ मा २ सय जना एमाले परित्यागगरी नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका छन्। स्थानीय चुनावको मुखमा आएर काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर छाएको छ्। पछिल्लो चुनावमा एमालेबाट वाडा अध्यक्षमा निर्वाचित भएका मोहम्मद समशेरलाई पनि अतुलनीय क्षेती भएको छ्।
मोहम्मद युनुसको नेतृत्वमा २ सय जना काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेसका प्रभाव शालीन नेता तथा पुर्व मन्त्री पदम नारायण चौधरी र वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको हातबाट २ सय जना एमाले प्रत्यागगरी काङ्ग्रेसको माला अर्पण गरी काङ्ग्रेस पार्टीलाई साथ सहयोग गर्ने नवप्रवेशी साथीहरूले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।

एमालेका कुशल नेतृत्व कर्ता मोहम्मद युनुस,मोहम्मद खलिल,मोहम्मद कलिल,मोहम्मद अफजल लगायत २ सय जना एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश गरीएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

