राष्ट्रिय दैनिक / नवलपरासी , ११ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेकपा एमाले पालिका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष र वडा सदस्यकाे नाम टुङ्गो लागेको छ ।
नेकपा एमालेबाट सरावल गाउँपालिका अध्यक्षमा सुखाडी प्रसाद चाैधरी र उपाध्यक्षमा बासमति हरिजनकाे फाइनल भएको नेकपा एमाले सरावल २ का सभापति भाेलेनाथ (सन्जय ) माैर्यले जानकारी दिनुभएको छ।
माैर्यकाे अनुसार वडा नं. १ वडा अध्यक्ष बुष्णु भट्टराई , २ मा भेषनारायण चाैधरी, ३ मा लक्ष्मीनारायण चाैधरी, ४ मा सुरेश प्रसाद यादव, ५ मा दिनेश सहानी , ६ मा कैलाश यादव र ७ मा मनाेहर यादव स्थानीय चुनावमा भागलिने उमेदवारहरुको नाम सार्बजनिक गरेका हाे।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ ।
यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको छ । आज र भोलि (सोमबार) दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।
देशैभर मनोनयन दर्ता र निर्वाचन प्रकियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

