महेश सिंह सिरहा लहान ११ बैशाख – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रका नेताहरु चुनावी प्रतिस्पर्धामा आउँन घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।माओवादी केन्द्रले स्थानीय चुनावमा भागलिने उमेदवारहरुको नाउँ सार्बजनिक गरेका छन्।
निर्वाचन आयोगले बैशाख ११ गते देखि चुनावमा भाग लिने राजनीति दलहरुलाई निर्वाचन कार्यालयमा दल दर्ता र उमेदवारहरुको उमेदवारी दिन भोलि सुरु भएको छ।
सिरहा १७ वाटा स्थानीय तहका विभिन्न राजनीति पार्टीका उमेदवारहरुले पाईक पर्ने निर्वाचन कार्यालयमा उमेदवारी दिन ब्यस्त रहेका छन।माओवादी केन्द्रका सखुवानान्कारकट्टी गाउँपालिकामा चुनावमा भाग लिने उमेरहरुको नामावली सर्बजनिक गरेका छन्।
पालिका अध्यक्षमा हरिनन्दन यादब,उपाअध्यक्षमा उषा कर्ण, वाडा नम्बर १ को अध्यक्षमा अरबिन्द कुमार चौधरी,वाडा नम्बर २ को अध्यक्षमा परिक्षण महतो,वाडा नम्बर ३ मा बिद्यान्न्द चौधरी,वाडा नम्बर ४ को अध्यक्षमा शिबनरायण पण्डित र वाडा नम्बर ५ को अध्यक्षमा सुरेश कुमार चौधरी लाई उमेदवारी दिन टिकट दिएका माओवादी केन्द्रका नेता तथा गाउँपालिका संयोजक आशान्न्द यादवले बताए।
सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादीले पनि बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको नेता संयोजकले इच्छा जाहेर गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

