Rashtriya Dainik

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । यही वैशाख ३० का गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ ।

यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको छ । आज र भोलि (सोमबार) दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।

देशैभर मनोनयन दर्ता र निर्वाचन प्रकियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार १२ गते सोमबार नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित