उर्मिला यादव /बैशाख ११
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले केन्द्र सरकारले निजामती ऐन र प्रहरी ऐन पास नगरेकोले लुम्बिनी प्रदेशमा विभिन्न किसिमको गुनासो आएको र यसको निरन्तर रुपमा माग भैरहेको बताउनु भएको छ । संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिमको अवसरमा आम सञ्चार र पत्रकार महिलाको क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । उहाले यो दुबै ऐन प्रदेशलाइ संबैधानिक अधिकार हुदाहुदै पनि अझै सम्म कार्यान्वयन हुन नसकेकोले लुम्बिनी प्रदेशमा मात्रै नभएर देशको अधिकांश प्रदेशमा कर्मचारी अभाव देखिएको गुनासो गर्नु भएको छ । उहाले कर्मचारी अभावमा देखिने कामहरु गर्न नसकेको र त्यस्ता कामहरु ढिला हुने गरेको बताउनु भएको छ ।
यस्तैगरि प्रदेश प्रमुख शेरचनले पत्रकारिता पेशा देशको सम्मानित पेशा भएकोले महिलाहरु पनि यहि पेशामा स्थापित हुनु गौरवको विषय भएको बताउनु भएको छ । उहाले पत्रकारहरुलाइ समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न आग्रह गर्नु भएको छ ।हाम्रो समाजमा महिला र बालबालिका माथि भएको हिंसाले समाजलाई दुषित बनाएको बताउदै उहाले यसको विरुद्ध पत्रकार महिलाहरु एकजुट भएर अभियानको रुपमा अगाडि बढाउन जोड दिनु भएको थियो ।

यस्तैगरि कार्यक्रममा बोल्दै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको समान उपस्थिति हुनुपर्ने बताउनु भएको छ । उहाले सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिलामैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुलाई संचारबाट वकालत गर्न आग्रह गर्नु भएको छ । विषयगत ज्ञान र व्यवसायिक सीप बढाउने विषयमा पत्रकार महिलाहरुलाई सरकारले सधै सहयोग गरिरहने बताउदै लैंगिकमैत्री समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनु भएको छ ।
यस्तैगरि कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउनु भएको छ । उहाले यस्तो हुन नदिन पत्रकारहरुलाई त्यसको विरुद्ध आवाज उठाउन आग्रह समेत गर्नु भएको छ ।
यस्तैगरि कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारेमा जानकारी गराउनु भएको थियो ।
उहाले प्रदेश सरकारले हरेक बजेटलाई लैंगिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफल समेत थालेको जानकारी दिनु भयो ।
तालिम सहजीकरण गर्दै वरीष्ठ पत्रकार संचारिका समुह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, श्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गर्नु भएको थियो । उहाले पुरुषको तुलनामा महिला स्थापित हुन समस्या र चुनौती भएपनि त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा पत्रकार इन्दिरा अर्यालले संचार माध्यम मा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गर्नु भएको थियो भने स्वास्थ्य निर्देशनालयका फोकल पसर्न कौशलराज भण्डारीले प्रजजन स्वास्थ्य , परिवार योजना र सुरक्षीत मातृत्वको बारेमा सहजीकरण गर्नु भएको थियो । यस्तै गरि पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमको बारेमा कसरी समाचार बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो । संचारिका समूह नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा २ दिन सम्म चलेको कार्यक्रममा ६ जिल्लाका महिला पत्रकारहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

