वीरगंज १० वैशाख।स्थानीय तहको निर्वाचन नजिक्दै जादा आ—आफ्नो दलबाट उम्मेदवारी दिने घोषणा भइरहेकै बेला पर्सा जिल्लाको बिन्दवासनी गाउपालिका अध्यक्ष पदमा बिवेक चौरसिया उम्मेदवारी दिने घोषणा गरेका छन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिन्दवासनी गाउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट बिवेक चौरसिया उम्मेदवारी दिने घोषणा गरेका हुन ।
बिन्दवासनी गाउपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बिवेक चौरसियाले स्थानीय तहमा बढ्दै गएको भ्रष्टाचारलाई निराकरण गर्नको निम्ति आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन । बिन्दवासनी गाउपालिका सभापति समेत रहेका चौरसियाले अगामी हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नेपाली कांग्रेसतर्फबाट दिने बताएका छन । जनताको हक हितका लागी लडिरहने विवेक चौरसिया अगामी हुने निर्वाचनमा जनताले मन पराए अवश्य नै जित हासिल गर्न सक्ने आश्वसन लिएको समेत बताए ।
बिन्दवासनी गाउपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने विवेक चौरसियाको घोषणा संगै नेपाली कांग्रेसमा धमाधम पार्टी प्रवेश हुन लागेको स्थानीयवासीहरुले बताएका छन । बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश हुनुको संख्यामा बृद्धि एको स्थानीयले बताएका हुन । ५ वटा वडा रहेको बिन्दवासनी गाउपालिकामा यसपालि हुने निर्वाचनमा नेपाली कांग्रेस अग्रपंतीमा रहने अनुमान समेत गरिन थालिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

