Rashtriya Dainik

निर्वाचनकाे विरोध गर्ने मोहन वैद्य समूहका १० जना कार्यकर्ता पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,१० बैशाख

पश्चिम नवलपरासीको सुनवल चाेकमा नेकपा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिष्कारको क्रममा पार्टी स्थायी समिति सदस्य राम श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको छ ।

सुनवल चोकमा निर्वाचन बहिस्कारको कोण सभामा गर्दै गर्दा प्रहरीले क्रान्तिकारी माओवादीको नेता पत्रकार सहित १० जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पार्टी पिबिएम धनेश्वर पोख्रेल, क्रान्तिकारी पत्रकार महासंघ महासचिव रवि पान्डेय, पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल, जिल्ला सदस्यहरु कमल तमु, रवि पुन, गुणनिधि पोख्रेल, मोहनलाल शर्मा सुनवल नगर सदस्य ऋषिराम बिक र नेवा मुक्ती मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धरलाई गिरफ्तार गरेको नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।

म पत्रकार हु यो कार्यक्रमको समाचार संकलन गर्न आएको भन्दा भन्दै प्रहरी निरीक्षक बिस्नु प्रसाद पौडेलले गाडिमा हिड्नुस भनेर लगेको गिरफ्तार पत्रकार पान्डेयले बताए ।

क्रान्तिकारी माओवादीले देशभर शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार कार्यक्रम गर्दै आएको जसअन्तरगत देशभर पर्चापोष्टर, भित्तेलेखन, कोणसभा, विरोध सभा, राँके जुलुस जस्ता कार्यक्रमहरु रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित