राष्ट्रिय दैनिक / नवलपरासी , १० बैशाख
पश्चिम नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीकाे मिलाेमताेमा व्यापक कपडा तस्करी भइरहेको छ ।
नवलपरासीको महेशपुर नाका यतिबेला कपडा तस्करीको लागि मुख्य राेजाई बनेको छ । जब राति हुन्छ तब महेशपुर हुदै भुतहा जाने बाटाेबाट खुलेअाम लाइनबद्ध माेटरसाइकलबाट कपडा तस्करी गरिरहेकाे प्रत्यक्ष देख्न पाइन्छ ।
तर यसप्रति महेशपुर र इलाका प्रहरी चाैकी गाेबरहिया तथा यश क्षेत्रका प्रहरी प्रशासन कानमा तेल हालेर सुतेकाे अवस्था छ ।
सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको पाइन्छ । ठुलठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, त्यो बेलासम्म सशस्त्र प्रहरी एवं सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा तथा राजमार्गमा भेटिदैन्, तर अन्य बेला तैनाथ खटेका हुन्छन् ।

यसर्थ प्रहरी र भन्सार कर्मचारीले तस्करहरुसंग माेटाे रकम लिएर तस्कर गर्ने कार्यमा सघाउ पुर्याउदै अाएकाे बुझ्न सकिन्छ ।
तस्करहरु रातको समयमा प्रहरीकाे सहयोगमा कपडा लगाएत अन्य समान राजमार्गसम्म पुर्याउने गर्छन । पश्चिम नवलपरासी यतिबेला तस्करीकाे लागि मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ। एकतर्फ नेपालकाे राजस्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारीहरु माेटाउने कार्य बढ्दै गइरहेको छ।
सिमावर्ती भारतीय बजारबाट यतिबेला ठुलो मात्रामा कपडाको तस्करी भइरहेको छ। प्रहरीकाे यसतर्फ ठुलाे हात रहदै अाएकाे छ।
बिशेषगरी नेपाल प्रहरी , सशस्त्र प्रहरीकाे संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटाे हुदै तस्करी गर्दै अाइ रहेका छन । यसबापत तस्करीहरुले प्रहरीहरुलाई मासिक रुपमा लाखौं रकम दिने गरेका छन। तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत बेवास्ता गर्दै अाइरहेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

