Rashtriya Dainik

नेकपा एमाले पार्टीकाे ७४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

महेश यादव , नवलपरासी ९ बैशाख

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -४ गाेबरहिया मन्दिर परिसरमा नेकपा एमाले पार्टीकाे ७४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले सरावल गाउँ कमिटीकाे आयाेजनामा नेकपा एमाले पार्टीकाे ७४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हाे । कमिटीका अध्यक्ष सुरेश यादवकाे अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय भगाैति भण्डारी ज्युकाे प्रमुख अतिथतामा
७४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भण्डारीले नेकपा एमाले पार्टीले देश र जनताको विकासका निम्ति याेजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।उहाँले नेकपा एमाले ले शिक्षा, स्वस्थ्य र राेजगारकाे क्षेत्रमा विकासकाे लागि विभिन्न रणनीतिक आेजनाहरु बनाएर अगाडि बढिरहेकाे बताउदै नेकपा एमाले लाई भारि मतले विजय गराउन सबै जनतामा अग्रह समेत गरेकि थिईन । उहाँले अन्य सबै राजनीतिक दालका नेता र पार्टी भ्रष्टाचार गर्नमा अगाडि रहेको बताउदै त्यस्ता भ्रष्टाचारिहरुलाई हामी सबै जना मिलि पराजित गराउन आवश्यक रहेको बताएकि हुन । साथै उहाँले आफू स्वम नेकपा एमालेलाई विजय गराउन लागि परेको बताएईन ।साथै ७४ औं पार्टी स्थापना दिवसको शुभकामना ब्यक्त गर्दै सम्पूर्ण जनता र पार्टी कार्यकर्तालाई धन्यवाद दिनुभएका थिईन ।

साे अवसरमा नेकपा एमाले पार्टी जिल्ला सदस्य तथा सरावल गाउँ कमिटी इन्चार्ज जगदीश चाैधरी , जिल्ला सदस्य कैलाश यादव , दिनेश सहानि , सुखाडि चाैधरी , कृष्ण जीवन तिवारी ,पंचराम चाैधरी , बासमति हरिजन , रज्जना महताे ,सुसान्त शर्मा, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष संजय माैर्य ,सचिवालय सदस्य सुरेन्द्र प्रजापति , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य श्रीराम गाैड , राष्ट्रिय युवा संघ नेपाल सरावल गाउँ कमिटी अध्यक्ष पुर्ण बहादुर चाैधरी , प्रेस चाैतारि नेपाल जिल्ला सदस्य तथा अनेरास्ववियु सरावल गाउँ कमिटी अध्यक्ष महेश यादव , लगाएतकाे अतिथिहरुकाे उपस्थिति रहेकाे थियो । कार्यक्रम सञ्चालन नेकपा एमाले जिल्ला कमिटी सदस्य गाेपिचन्द हरिजन ले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित