Rashtriya Dainik

विजयनगर नेपाली काङ्ग्रेस सभापति यादव जसपामा प्रवेश

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत

नेपाली काङ्ग्रेस सभापति प्रभावशाली नेता जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।
शुक्रबार औपचारिक रुपमा जसपाको केन्द्रिय परिषद सदस्य राम निवास यादव र कपिलवस्तु जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव दुबै नेताले टिका लगाई प्रवेश गराउनु भएको विजयनगर जसपा गाउँ कमिटी सचिव अशोक कुमार जैसवालले जानकारी दिनु भएको छ ।

नेपाली काङ्ग्रेसबाट गाउँपालिकामा अध्यक्ष पदमा आकांक्षी रहेका यादव टिकट नपाउने निश्चित भएको पछी आफू सहित वडा अध्यक्ष पदको आकांक्षी रहेका हृदय बिकास चौधरी (बिके) चेतन ढकाल लगाएत सयौं कार्यकर्ता सहित जसपा पार्टीमा प्रवेश गरेको छ ।

यादव असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन्। यादव जसपामा प्रवेश गरे संगै बैशाख ३० गते हुने स्थानीय चुनावमा जितको विजय सुनिश्चित रहेकोे आकालन गर्न थालिएको छ ।

यादव स्वतन्त्र बाट थोरै मतले हार बेहोरेका यस पाली पार्टी बाट टिकट पाउने भएसि जितको सम्भावना प्रबल रहेको विश्लेषण गरि रहेका छन् । यादवको जसपामा प्रवेशले विजयनगरबासी नेता,कार्यकर्ता, समर्थकहरुमा खुसयाली भ‌एको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित