Rashtriya Dainik

पोखरिया नगरपालिका अध्यक्ष रौनियार र वडाअध्यक्ष कानुले गरे सरकारी गाडी फिर्ता

राजन कुमार बानिया
पर्सा ८ बैशाख
पोखरिया नगरपालिका अध्यक्ष दिपनारायण रौनियार र वडाअध्यक्ष लक्षमण साह कानुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन ।
अध्यक्ष रौनियार र वडाअध्यक्ष कानुले प्रयोग गर्दै आएको बा १ झ १६२४ नम्बरको स्कार्पियो र पुल्सर मोटरसाइकल गाडी नगरपालिका कार्यालयलाई फिर्ता गरेका हुन । शुक्रबार रौनियार र कानुले नगरपालिका का जिन्सी शाखा प्रमुख मनोज कुमार साहलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन।
आफूले नैतिकताको आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीको दुरुपयोग नहोस भन्ने उद्देश्यले गाडी बुझाएको अध्यक्ष रौनियार र वडाअध्यक्ष कानुले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित