राष्ट्रिय दैनिक / नवलपरासी ,९ बैशाख
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन्।
कांग्रेसले टिकटका लागि नाम सिफारिस नगरेपछि अाफु पुनह उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएछि कोहाँरले माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्।

कांग्रेसले उपाध्यक्ष पदको उम्मेदवारमा २ जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहाँरले असन्तुष्टी जनाएकी थिइन्। ‘अध्यक्षको उम्मेदवारमा १ जना र उपाध्यक्षमा कोहाँरबाहेक २ जनाको नाम सिफारिस गरिएको छ।’नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ कार्य समितिका अध्यक्ष हरिहर चौहानले बताउनुभयो ।

पाल्हिनन्दन गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट बैजु प्रसाद गुप्ता ४४१० मत र उपाध्यक्षमा कांग्रेसबाट पावित्री कोहाँर ३९७६ मत ल्याई बिजयी भएकी थिइन् । माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोँहारले कांग्रेस छाडेको बताइएको छ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कोहाँरलाई माओवादीका नेताहरुले पार्टी प्रवेश गराएका छन्। कांग्रेसबाट नाम सिफारिस नभएको भन्दै पार्टीमा आए उपाध्यक्षमा उम्मेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ’ उपाध्यक्ष कोहाँरले बताइन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

