दोरेन्द्र खड्का, बझाङ
जयपृथिवी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिङ् पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जयपृथिवी नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै जयपृथिवी नगरपालिका प्रमुख बिरेन्द्र बहादुर खड्कालाई राजीनामा बुुझाएका हुन् ।
निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको बताउनु भएकाे छ। सिंहले अाफुले प्रयोग गर्ने नगरपालिकाको माेटरबाईक पनि नगरपालिका फिर्ता गरेका छन । नेकपा माअाेवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा जयपृथिवी नगरपालिकाको वडा नम्बर ६ काे वडा अध्यक्षमा विजयी भएका थिए ।
सिंहले नेकपा एमालेका गाेकुल बहादुर सिहंलाई पराजीत गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

