Rashtriya Dainik

छविसपाथिभेरामा गठबन्धनका साझा उम्मेदवार बसन्त चलाउने घोषणा

नेकपा माओवादी केन्द्रले छविसपाथिभेरा गाउँपालिका अध्यक्षका लागि बसन्त बहादुर चलाउनेलाई उम्मेदवार बनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चलाउनेलाई माओवादी केन्द्रले त्रिदलिय गठबन्धनको साझा उम्मेदवारका रुपमा सर्वसम्मत घोषणा गरेको छ ।

पालिका बाँडफाडको क्रममा माओवादी केन्द्रले अध्यक्ष पाएको छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा चलाउने सिफारिस गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रामचन्द्र रोकायाले जानकारी दिए ।

बझाङमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुँदा माओवादी केन्द्रले छविस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा प्रमुख र ४ वटा गाउँपालिकामा उपप्रमुख पाएको छ । छविसपाभिभेरा गाउँपालिकाको अध्यक्षको लागि चलाउनेलाई उठाउने निर्णय भएको नेता रोकायाले बताए । रोकाया भन्छन्, ‘दुर्गाथली गाउँपालिकामा माओवादी केन्द्रका नेता दिलबहादुर थापालाई अध्यक्षमा उठाउने सहमती भएको तर घोषणा हुनबाँकी छ । माओवादी केन्द्रले चारवटा उपप्रमुखमा कसलाई उठाउने भनेर छलफल गरिरहेको छ ।’

को हुन् अध्यक्षमा सिफारिस भएका चलाउने?
माओवादी केन्द्रबाट अध्यक्षमा मनोनित भएका चलाउने छविसपाथिभेराका ०६ स्थायी बासिन्दा हुन् । समाजशास्त्रबाट स्नाकोत्तरसम्म अध्ययन गरेका चलाउने जनसमुदायमा लोकप्रिय व्यक्ति हुन् । गत फागुनमा नेपाल आजसँगको अन्र्तवार्तामा उनले निरन्तर १८ वर्षदेखि पार्टीको कार्यकर्ता भएर कामगरिरहेको बताएका थिए ।

छविसपाथिभेरा गाउँपालिकामा माओवादी केन्द्र, नेपाली काँग्रेस र एकिकृत समाजवादीको गठबन्धनमा साझा उम्मेदवार रहेका चलाउनेले भारी मतका साथ चुनाव जित्ने विश्वास कार्यकर्ताले गरेकाछन् । नेपाली काँग्रेस छविसपाथिभेरा गाउँपालिका सभापती पाण्डव थापाले गठबन्धनका उम्मेदवारलाई जिताउन आफु पुर्ण रुपमा लागि पर्ने बताएकाछन् ।

राजनितिलाई समाज सेवा हो भन्ने धारणा राख्ने चलाउनेले छविसपाथिभेरा गाउँपालिकाको नेतृत्व गर्ने जिम्मा पाए पदको औचित्य पुष्टि गर्छु भनेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित