महेश सिंह सिरहा लहान ९ बैशाख – लहानमा दिन प्रतिदिन चुनावी सरगर्मी बढदै गएको छ।स्थानीय चुनावमा निकटता ल्याउन राजनिती दलहरुले घर दैलो कार्यक्रम सुरु गरेका छन्।
नेपाली काङ्ग्रेसले सिरहाको लहानमा पार्टीलाई स्थानीय सरकारमा ल्याउन घर दैलो कार्यक्रम सुरु गरीएका छन्।
लहानमा अरु पार्टीको तुलनामा नेपाली काङ्ग्रेसको संगठन राम्रो रहेको काङ्ग्रेस नेता तथा नगर अध्यक्ष रासलाल रायले बताए।घर दैलो कार्यक्रम अन्तर्गत लहान नगरपालिका २२ मा काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको एक समुहले बृहत् रूपमा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन्।लहानमा यस पालीको सरकार काङ्ग्रेस कै हुने घर दैलो कार्यक्रममा होमिएका काङ्ग्रेस नेता तथा वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले बताए।
लहान बासीले काङ्ग्रेस सरकारको परिकल्पना गरेको वरिष्ठ समाजसेवी चौधरीले बताए। काङ्ग्रेसको सरकारले नै लहान नगरपालिका लाई नमुना नगरपालिका बनाउन सक्ने अठोट लिएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

