राष्ट्रिय दैनिक / नवलपरासी , ९ बैशाख
२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।
राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कांग्रेसबाट तीन जनाको नाम अध्यक्ष पदमा सिफारिस भएको छ ।
नेपाली काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधि प्रदिप कुमार अग्रहरी , जिल्ला सदस्य एव बहालवाला पालिका अध्यक्ष राधेश्याम चाैधरी र वडा नम्बर ३ उपसभापति रेश्मी कुमारी चाैधरी (बि.क) कांग्रेसबाट पालिका अध्यक्षकाे लागि नाम सिफारिस गरिएको छ। त्यस्तै नेपाली काङ्ग्रेस जिल्ला उपसभापति अनिलकुमार गाैड पालिका अध्यक्ष पदमा अाकाक्षीं भएपनि नाम सिफारिस हुन सकेन ।
सरावल गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रदिप कुमार अग्रहरी र राधेश्याम चाैधरी यी २ जना मुख्य आकाँक्षी देखिएका छन । दुबै जना पार्टीबाट टिकट लिन कसरत गरिरहेका छन् ।
लामाे समय देखि सामाजिक र राजनीतिक क्षेत्रमा रहेका कारण पनि अग्रहरी स्थानीय माझ प्रिय छन् ।
अग्रहरी गाउँ घरमा दुख पर्दा अार्थिक सहयोग सहित उनी हरबखत गरिब , बिपन्न र दिनदुखिकाे सहयोग गरि रहेकोले सबैले उनलाई जनप्रतिनिधिकाे रुपमा देख्न चाहन्छन् ।
अग्रहरी काङ्ग्रेसकाे स्थानीय राजनीतिमा लामाे समय याेगदान पुर्याएका छन् । सामाजिक र राजनीतिक रुपमा निरन्तर सक्रिय रहेकाेले स्थानीय समुदायमा भिजेका कारण पालिका अध्यक्षमा आफ्नो सहज जित हुने बिश्वास रहेकाे अग्रहरीले बताए ।
त्यस्तै बहालवाला पालिका अध्यक्ष राधेश्याम चाैधरीले सामाजिक र राजनीतिक रुपमा निरन्तर सक्रिय रहेकाे र अाफ्नाे कार्यकालमा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटाे , खेलकुद , पर्यटन लगाएतकाे उदाहरणीय काम गरेकोले अाफु जनप्रिय भएको कारणले पालिका अध्यक्षमा पुनह आफ्नो सहज जित हुने बिश्वास रहेकाे बताए ।
अग्रहरी र चाैधरीकाे काे पाउला काङ्ग्रेसबाट टिकट भनी निकै चर्चाकाे विषय बनेको छ । उता नेपाली काङ्ग्रेस जिल्ला उपसभापति अनिलकुमार गाैडकाे नाम पालिकाबाट सिफारिस नभए पनि अाफु जसरी नि टिकट ल्याउने दाबी गरिरहेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

