Rashtriya Dainik

सरावल , सुस्ता र प्रतापपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय दैनिक / नवलपरासी , ९ बैशाख

आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि सरावल ,सुस्ता र प्रतापपुर गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बिहिवार एक कार्यक्रमका बिच सरावल, सुस्ता र प्रतापपुर गाउपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

तिनटै पालिकामा एक कार्यक्रम गरि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै निर्वाचन अधिकृतको कार्यालय सरावलका निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजाली , सुस्ताका निर्वाचन अधिकृत खेमानन्द ज्ञवाली र निर्वाचन अधिकृतको कार्यालय प्रतापपुरका निर्वाचन अधिकृत केशव रिजालले आसन्न स्थानिय तहको चुनाव सबैको साझा कार्यक्रम भएकोले यस चुनावलाई सबैले शान्तीपुर्ण र भयरहित रुपमा सम्पन्न गर्नु हामी सबैको दायित्व भएको बताएका छन् ।

सबै राजनैतिक दल र दलमा सम्बद्ध व्यक्तिहरुको सौहार्दपुर्ण सहकार्य र सहयोगमा गणतन्त्र स्थापना पश्चात हुन लागेको स्थानिय तहको दोश्रो चुनाव सभ्य र स्वस्थ रुपमा सम्पन्न गर्नमा आपसी समन्वय हुनेमा निर्वाचन अधिकृत सरावलका चन्द्रबहादुर सिंजालीले बिश्वास व्यक्त गरेका छन् ।

प्रतापपुर गाउँपालिकाका लागि निर्वाचन अधिकृतको रुपमा आएका मालपोत कार्यालय नवलपरासीका कार्यालय प्रमुख केशव रिजालले आसन्न स्थानिय तहको निर्वाचन सु सम्पन्न गर्न सबै राजनैतिक दलहरुको भुमिका नै महत्वपुर्ण हुने भएकोले सबै दल तथा कर्मचारीहरुबाट रचनात्मक सहयोग हुनेमा बिश्वास रहेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित