राष्ट्रिय दैनिक / नवलपरासी , ९ बैशाख
स्थानीय तहकाे निर्वाचनको मिति नजिकिदै गर्दा वडाहरुमा चुनावी सरगर्मी बढ्दाे छ । स्थानीय तहका कतिपय ठाउँमा दलहरूले उमेदवार टुंगो लगाएका छन् । केही स्थानमा टिकट पाउन स्थानीय नेताहरु रस्साकस्सीमा देखिन्छन् ।
यसै अनुरुप पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर-४ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षकाे उमेदवारमा जन्मेजय यादवकाे वडामा चर्चा चलिरहेको छ ।
काङ्ग्रेस पकड मानिने यस वडामा यादव लाेकप्रिय मानिन्छन् ।
लामाे समय देखि सामाजिक र राजनीतिक क्षेत्रमा रहेका कारण पनि उनी स्थानीय माझ प्रिय छन् ।
गाउँ घरमा दुख पर्दा अार्थिक सहयोग सहित उनी हरबखत गरिब , बिपन्न र दिनदुखिकाे सहयोग गरि रहेकोले सबैले उनलाई जनप्रतिनिधिकाे रुपमा समाजसेवा अगाडि बढाउन सल्लाह समेत दिई रहेका छन ।
यादव काङ्ग्रेसकाे स्थानीय राजनीतिमा लामाे समय याेगदान पुर्याएका छन् । सामाजिक र राजनीतिक रुपमा निरन्तर सक्रिय रहेकाे र वडा सभापति रहेकोले स्थानीय समुदायमा भिजेका कारण वडाअध्यक्षमा आफ्नो सहज जित हुने बिश्वास रहेकाे यादवले बताए ।
नेपाली काङ्ग्रेसबाट सरावल ४ मा जन्मेजय यादव सहित बहालवाला वडा अध्यक्ष छाेटेलाल यादव , अख्तर हुसेन खाँ , बदरुलहक खाँ र सफि माेहम्मद शेख वडा अध्यक्ष पदकाे लागि वडाबाट नाम सिफारिस गरिएको छ। वडा अध्यक्षमा पाच जनाको नाम सिफारिस गरिएपनि साे पदको लागि जन्मेजय यादव बलियो उम्मेदवार रहेको स्थानीयहरु बताउछन् ।

वडामा काङ्ग्रेस बाहेक एमाले ,माओवादी र राप्रपा , समाजवादी र नेपाली काँग्रेस भित्र पनि लाेकप्रिय युवा जन्मेजय यादवकाे नाम वडा अध्यक्षमा चर्चामा रहेको छ ।
घरघरमा पुगेर हरेक समस्याकाे समाधान गर्न जागरुक यादव नेपाली काँग्रेस वडा नम्बर ४ का सभापति पनि हुन्। यादवकाे उम्मेद्वारीकाे चर्चा सँगै वडा नेपाली काँग्रेसले जित्ने पक्का भएकाे स्थानीयको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

