Rashtriya Dainik

लहान ३ मा वडाध्यक्षका लागी राम उदगार महतो चुनावी प्रतिस्पर्धामा आउदै

महेश सिंह सिरहा लहान ८ बैशाख – निर्वाचन आयोगले बैशाख ३० गते तय गरेको स्थानीय तहको निर्वाचनमा लहान ३ का लागी जसपा पार्टीबाट राम उदगार महतो चुनावी प्रतिस्पर्धामा आउने भएको छ्।जसपा पार्टीले बिगतको चुनावमा भाग लिएका फनीलाल महतोको नाउँ सिफारिस गरेका थिए।उनी पछिल्लो चुनावको वाडा प्रत्यासी समेत रहनु भएका महतोलाई बैशाख ३० गते हुने निर्वाचनमा भाग लिन फनी लाल महतोको नाउँ सिफारिस भएको थियो।

ऊनी चुनावमा भाग लिन असहमती जनाए पछि स्थानीय राम राम उदगार महतोलाई चुनाव लडन समर्थन गरेका छन्। स्थानीय नेता राम उदगार महतोले चुनावी प्रतिस्पर्धामा आउने कुरा पार्टीबाट तय भएको वाडा कमिटीले जनाए।अहिले नेता राम उदगार महतो वाडाका लागी व्यापक चर्चामा रहेका छन्। लहान ३ मा जसपा,काङ्ग्रेस,एमालेको ठुलो प्रतिस्पर्धा हुने छ्।
२०६२/२०६३ सालको मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका उनी जनता समाजवादी पार्टीमा सकृय भुमिका निर्वाह गर्दै आएका हुन्। हाल उनी सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष समेत रहनु भएको हो।

जसपाबाट राम उदगार महतो र नेपाली काङ्ग्रेसबाट राम दयाल महतो र नेकपा एमालेबाट राजेश चौधरी कडा प्रतिस्पर्धामा आउने सम भावना देखिएको हो। वाडा बसेको बैठकबाट नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा, प्रदेश सभा क को उपाध्यक्ष ललित नारायण महतो,जसपाका युवा नेता दिलिप दास लगायतका नेताहरुको लहान ३ मा सक्रियता देखिएको छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित