Rashtriya Dainik

कपिलवस्तुमा प्रहरीद्वारा दुई लाख भन्दा बढीको माछा नष्ट

सुरेस कुमार पांडेय / कपिलवस्तु १३ मंसिर

अबैध रुपमा नेपालमा भित्र्याउदै गरेको माङगुर जातको माछा सहित साइकल कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ हथिहवादोहोनी स्थितमा शनिबार भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा साईकलमा राखी १० क्यारेटमा रहेको माङगुर जातको माछा प्रहरीले बरामद गरेको छ ।
अन्दाजी ५ सय किलो रहेको माछाको अन्दाजी मुल्य २ लाख ४० हजार बराबरको माङगुर जातको माछा सहित साईकल बरामद लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उक्त वस्तु फेला पार्ने क्रममा माछा ल्याउने व्यक्तिहरू प्रहरी टोलीलाई देखी माछा र साईकल छाडी भारत तर्फ भागी गएको हुँदा उक्त माछा र साईकल प्रहरी टोलीले बरामद गरी यस कार्यालयमा ल्याई माछा स्थानिय जनप्रतिनिधी, पत्रकारको रोहबरमा नष्ट गरीएको प्रहरीले जनाएको हो ।

उक्त १० वटा साईकलहरु भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरीको श्रोतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित