Rashtriya Dainik

गाउँपालिका अध्यक्ष गुप्ताले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई गरे फिर्ता

राजन कुमार बानिया /पर्सा ,७ बैशाख
पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन ।
अध्यक्ष गुप्ताले प्रयाेग गर्दै आएकाे बा २ झ ३५६९ नम्बरकाे
स्कार्पियो गाडी गाउँपालिका कार्यालयलाई फिर्ता गरेका हुन ।
बुधबार गुप्ताले गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत शम्भु साहलाई गाडीकाे साँचो हस्तान्तरण गरेका हुन।
आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष गुप्ताले वताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित