राष्ट्रिय दैनिक / नवलपरासी , ७ बैशाख
बैशाख ३० गते तोकिएको स्थानिय तहको निर्वाचनका लागि पश्चिम नवलपरासीमा दलहरु केन्द्रको निर्देशन बमोजिम गठबन्धनको प्रयासमा जुटेका छन् । बर्दघाट नगरपालीकामा नेकपा एमालेले जनमुक्ति पार्टी संग चुनावि तालमेलकालागि सहमति गरिसकेको छ ।
नेपालि कांग्रेश भने गठबन्धनको टुङगोमा पुग्न सकेको छैन । चुनावि रणनिती र केन्द्रको निदेर्शन बमोजिम नेपालि कांगे्रसले माओबादी केन्द्र, एकिकृत समाजबादीलाई साथमा लिएर अगाडि बढ्नका निम्ती सहमतिको खाका कोरेपनि अधिकांस वडाहरु बाट स्थानिय नेतृत्व र कार्यकर्ताको चर्को बिरोध भएपछि बर्दघाटमा कांग्रेशलाई सकस देखिएको छ । वडाहरुमा मुख्य पद गठबन्धन दललाई दिईएको भन्दै कार्यकर्ताहरु चर्को बिरोधमा उत्रिएका छन् । प्राय वडाहरुबाट बिरोध भएपछि नगर कार्यसमिती र नेतृत्व नै गठबन्धन गर्नेकि नगर्ने भनेर अन्योलमा रहेका छन् यसर्थ पनि ठोस निर्णय भने हुन सकेको छैन ।
बर्दघाट नगरपालीकामा मेयर पदमा कांगे्रस र उपमेयर समाजबादि र माओबादीबाट टुङग्याउनेगरी जिम्मा दिईएको कांग्रेसले बताएको छ । ११ बटा बडामा अध्यक्ष कांगे्रस,३ बटा वडामा नेकपा माओबादी केन्द्रलाई अध्यक्ष र २ बटा वडामा समाजबादीलाई वडा अध्यक्ष दिनेगरी सहमती भएपनि कार्यकर्ताको व्यापक असन्तुष्टि रहेका कारण ठोस निर्णयमा पुग्न नसकिएको नेपाली कांगे्रस बर्दघाट नगर सभापती दामोदर जिसीले जानकारी दिनुभयो ।
सहमती अनुसार वडा नम्बर क्रमशः २,३,४,५,६,७,१०,११,१२,१५ र वडा नम्बर १६ मा वडा अध्यक्ष कांगे्रश आफैले राखेको छ भने वडा नम्बर १,१३ र ८ नम्बर वडामा अध्यक्ष पद माओबादी केन्द्रको पोल्टामा परेको छ । त्यसैगरी वडा नम्बर ९ र १४ मा अध्यक्ष पद समाजबादीको हातमा परेको छ । बडा नम्बर ६ र १२ बाहेकका सबै वडामा समावबादीले १÷१ वडा सदस्य पा्रप्त गरेको छ भने १६ बटै वडामा माओबादी केन्द्रले वडा सदस्य हात पारेको छ । वडा नम्बर ५ मा जनमोर्चाले १ जना वडा सदस्य पद पा्रप्त गरेको छ । बर्दघाट नगरपालिकामा नेपालि कांगे्रश र नेकपा एमाले मुख्य प्रतिस्पर्धि रहेका छन् । अधिकांस वडामा बिरोध रहेपनि बडा नम्बर १,१३ र वडा नम्बर १४ ले कांग्रेले नै अध्यक्ष पद पाउनु पर्ने र १÷१ सदस्य माओदि र समाजबादीलाई दिनुपर्ने माग सहित माग सम्बोधन नगरिए वडाबाट स्वतन्त्र उमेदवारी उठाईने चेतावनि सहितको पत्र नगर कार्यसमितीलाई बुझाएका छन् । मतभारका आधारमा पद टुङग्याईनुपर्ने उनिहरुको माग रहेको छ । कार्यकर्ताको चर्को बिरोधपछि गठबन्धन हुनेमा थप अन्योल बढेको देखिएको छ ।
सहज र सरल रुपमा तिन वटै दलको अस्तित्व रहने गरी आम कार्यकर्ताको भावना अनुरुप बैकल्पिक माध्यम बाट निकास निकाल्ने प्रयत्नमा आफूहरु जुटि रहेको नगर सभापति जिसीले जानकारी दिनुभयो । समाजबादी र माओबादी केन्द्र एक्लै गठबन्धनको पक्षमा नरहेकाले चुनावि तालमेल अप्ठ्यारो बनेको आम कार्यकर्ताको बुझाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

