महेश सिंह सिरहा लहान ७ बैशाख – श्रीमान गुमाएका पीडित महिलालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा १४ लाख रकम भुक्तानी गरेको छ्।सप्तरीको शम्भुनाथ नगरपालिका वाडा नम्बर १२ अरनहा कुलापट्टी बस्ने सुरत लाल चौधरी र ठकनी देवी चौधरीको जेठो छोरा ३९ बर्षको धर्मेन्द्र चौधरीले वैदेशिक रोजगारीको लागीको साउदी पुगेका थिए।
चौधरीलाई बिदेश गएको एक हप्ता नबितदै स्वासमा खराबी भएर २०७८-९-४ गते मृत्यु भएको थियोे। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बिमा अभिलेख नम्बर FE १०००२४२०७५ रहेको छ्। मृतकको परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित महिला कमला कुमारी चौधरीलाई माछापुच्छ्रे बैंकको १४ लाखको चेक दिएर सहयोग गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

