Rashtriya Dainik

दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपा मा प्रवेश

कपिलवस्तु, बैशाख, ७

लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ।

आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् l

उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत गर्नु भयो साथै पूर्व मंत्री वकील मुसलमान,केंद्रीय सदस्य मनिकर कार्की जिला अध्यक्ष रामअवतार यादव लगायत जसपा नेता हरु ले उहाँलाई हार्दिक स्वागत गर्नु भयो l जसको सम्पूर्ण जानकारी लुम्बिनी प्रदेश जसपा नेपालका प्रवक्ता अकरम पठानले दिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित