Rashtriya Dainik

लहानमा टाईम्स एजुकेशनल ईन्स्टिच्युट र कन्स्लटेन्सीको उदघाटन

महेश सिंह सिरहा लहान ७ बैशाख – सिरहाको लहान नगरपालिका ८ स्थित शैक्षिक क्षेत्रमा एउटा नयाँ अयाम थपिएको छ्। विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहज हुने उदेश्यले टाईम्स एजुकेशनल ईन्स्टिच्युट एन्ड कन्स्लटेन्सीको उदघाटन भएको छ।

संस्थाको प्रबन्धक भोला जित नेपालका अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा लहान नगरपालिका ८ का वाडा अध्यक्ष बिजय कुमार महतो रहनु भएको थियो भने बिशिस्ट अतिथिमा अखिल क्रान्तिकारी सिरहाका जिल्ला अध्यक्ष राम उदगार यादव रहनु भएको थियोे।

प्रमुख अतिथि महतोले ईन्स्टिच्युटलाई रिवन काटेर उदघाटन गरेको हो।उक्त ईन्स्टिच्युटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सजह रूपमा देश बिदेश पठाउने गरेको हो।उक्त ईन्स्टिच्युटमा बृज कोर्स कक्षा, ईंग्लिश ल्यांगवेज कक्षा, कम्प्युटर कक्षा संचालनमा रहेको प्रबन्धक भोला जित नेपालले जानकारी दिनु भयो।

उद्घाटनको अवसरमा १ सय जना विद्यार्थीहरुलाई फुल स्कोलर दिने ब्यवस्था समेत गरीएको छ्।उक्त ईन्स्टिच्युटका केन्द्रिय कार्यालय बिराटनगर ९ कलेज रुटमा रहेका छन्। उक्त संस्थाले बर्षमा हजारौं विद्यार्थीहरुलाई अध्ययनको लागी पठाउने गरेको छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित