Rashtriya Dainik

कांग्रेसमा प्रभावशाली तिवारी परीवारको एमाले इन्ट्री, महाराजगन्ज र बुद्धभूमि कांग्रेसलाई सकस बन्दै

कपिलवस्तु बैसाख ६
नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली २ नेता एमाले प्रवेश सँगै बुद्धभूमि र महाराजगन्ज नगरपालिकामा हुने स्थानीय निर्वाचनमा कांग्रेसलाई सकस हुने देखिएको छ । मंगलबार नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गर्नु भएको छ ।
युवा नेता गंगेशनाथ तिवारी महाराजगन्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नं.६,७र८ मा समेत प्रभाव रहेको छ । आजिवन राजनिती गर्दै आएका तिवारी परिवारको एमालेमा इन्ट्रीलाई लिएर नेपाली कांग्रेसमा समेत चर्चाको विषय वनेको छ । कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत रहेको गंगेशनाथ तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुनु हुन्छ ।
उहाँहरुलाई पार्टी प्रवेश गराउन एमाले नेता तथा संघिय सांसद विज्रेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेल, महाराजगन्ज नगरपालिका मेयरका आकांछी रामदास चौधरी महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पुग्नु भएको थियो ।
प्रवेश कार्यक्रममा बोल्दै नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो । नेता गुप्ताले एमाले प्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबै भन्दा धेरै सिट जित्ने दाबी गर्नु भयो । एमाले प्रवेश पछि बोल्दै गंगेशनाथ तिवारीले काँग्रेसबाट निर्वाचित मेयर कलाम प्रति इंगित गर्दै मेयर कलामले राहतको नाममा धनीलाई २०÷२५ हजार दिने र गरिव जनतालाई २÷४ हजार दिएको दाबी गर्नु भएको थियो । मेयर कलामको पाला धेरै अनियमितता भएको महालेखा परिक्षकको प्रतिवेदनमा समेत आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेलले कपिलवस्तुमा एमाले पहिलो पार्टी हुने दाबी गर्नु भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, एमाले महाराजगन्ज अध्यक्ष निजामुद्धीन खान, युवा नेता रामदास चौधरीले जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रम महाराजगन्ज नगर सचिव सन्तोष त्रिपाठीले सञ्चालन गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित