रंजित चौरसिया,वीरगंज ६ बैशाख। स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब ५ बर्षमा पनि वीरगंजको मुहार जस्ताको त्यस्तै रहेको छ । वीरगंज महानगर भित्र विकासको निम्ति ठुला ठुला भाषण गर्ने मेयर सरावगीले निर्वाचनमा निर्वाचित भएको करिब पा“च बर्ष बिति सक्दापनि विकासको काम जस्ताको त्यस्तै रहेको बुझिन्छ । 
वीरगंज महानगरपालिकाको मुटु मानिने घण्टाघरमा समेत सडक निर्माणको अवस्था जिउको तिउ रहेको केही तस्बिरहरुले प्रष्ट पारेको छ । वीरगंज महानगरपालिका भित्र विकासको लहरनै ल्याउने प्रतिवद्धता जनाएका मेयर बिजय कुमार सरावगीले पा“च बर्ष बिति सक्दापनि विकासको काम केही गर्न नसकेको आरोप स्थानीय वीरगंजवासीले लगाउन थालेका छन । वीरगंजका सर्वसधारण जनताहरुले निर्वाचन अगाडी ठुलठुला भाषण गर्ने मेयर सरावगीले वीरगंजको मुल सडक मर्मत गर्न नसकेको बारे दुखेसो यस अनलाइन समक्ष ब्यान नै दिएका हुन । 
पा“च बर्षमा हुने निर्वाचनमा फेरी पनि मेयर बिजय सरावगीले पार्टी बदलेर वीरगंजका जनताहरु माझ भ्रम छर्ने काम गरेको वीरगंजका सर्वसधारणले दुखेसो गर्न थालेका छन । एक जना स्थानीयका अनुसार वीरगंज महानगरपालिका भित्र विकासको कामको लहर ल्याउने प्रतिवद्धता गरेका थिए, तर त्यसो कुनै किसिमको काम गर्न नसकेको उनले बताए । वीरगंजको मुल सडक मात्र नभई श्रीसिया नदी प्रदुषणको बिषयमा समेत केही चासो देखाउन नसकेको आरोप रानिघाट निवासीहरुले दुखेसो पोखेका छन । 
औधोगिक क्षेत्रहरुबाट मेयर सरावगीले मासिक करोडौ रुपैया आर्जन गरेकै कारण श्रीसिया नदी प्रदुषण मुक्त नभएको आरोप स्थानीयले आरोप लगाएका छन । उनका अनुसार, वीरगंज महानगरपालिकाको विकास मात्र पत्रपत्रिकाकै माध्यमले देख्न पाइयो तर स्थलगत रुपमा विकासको काममा अवरोध नै पु¥याएको मेयर सरावगी रहेको बताए । पा“च बर्ष मात्र कमिसनको चलखेलमा विकासको काम भयो, तर कमिसन नपाउदा धेरै जसो सडक नालाको अवस्था जिउको तिउ रहेको गुनासो स्थानीयले गरेका छन ।
वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले आफ्नो हैकमवादी चलाउन आतुर रहेको बारे समाजिक संजालबाट समेत प्रष्ट भएको देख्न सकिन्छ । अगामी हुने बैशाख ३० गतेको निर्वाचनमा आफ्नो प्रतिद्वन्दीको बिषयमा समाजिक संजालको माध्यमले बदनाम गर्न आतुर भएको समाजिक संजालबाट प्रष्ट हुन्छ ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

