महेश सिंह /सिरहा लहान ६ बैशाख – वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतो द्वारा १२ लाखको चेक हस्तान्तरण गरेको छ्।
सप्तरीको राजबिराज नगरपालिका वाडा १४ प्रसाही बस्ने राम देब मंण्डल र मिना देवी मंण्डलकी ३३ बर्षको राजेश कुमार मंण्डलले वैदेशिक रोजगारीका लागी साउदीमा बस्दै आएका थिए।
उनी केहि दिनको लागी छुट्टीमा घर आएका थिए। घरबाट साउदी पुगेको १५ दिन न बितदै उनको आफ्नै काल गतिले २०७८ फल्गुण १ गते साउदीमै मृत्यु भएको थियोे। घरको जेठो छोराको मृत्यु भएपछी परिवारमा थप चिन्ता थपिएको छ् ।मृतक मंण्डललाई अढाई बर्षको एक छोरी र श्रीमती छिन्।
वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखा द्वारा मृतकको श्रीमती पुनम कुमारी मंण्डललाई १२ लाखको चेक हस्तान्तरण गरेको छ्।
प्रबन्धक महतोले निरन्तर पीडित परिवारहरुलाई सहयोग गर्न घर सम्म पुगने गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

