नेपालका कलाकार र समाजसेवीहरूलाई भारतमा सम्मान गरिएको छ। भारतको उत्तर प्रदेश राज्यमा रहेको ‘कला एकेडेमी’ र सम्भल जिल्लास्थित ‘उडान साँस्कृतिक समूह’ ले नेपालको लुम्बिनी वर्ल्ड पिस फोरम नेपालका कलाकार तथा समाजसेवीहरूलाई ‘राज्य सम्मान २०२२’ द्वारा सम्मान गरेको हाे ।
लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष वासु गौतमलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको उक्त समारोहमा ‘कला एकेडेमी’ र ‘उडान साँस्कृतिक समूह’ ले नेपालका बहुचर्चित चित्रकार नरबहादुर विश्वकर्मा , दामोदर बराल, दिनेश्वर महतो, सरोज लामिछाने, प्रितम थापा र दीपक महतोलगायतलाई सम्मान गरेको हो ।

१५ र १६ अप्रिलमा आयोजित सम्मान कार्यक्रममा बलिउड सिनेमा ‘उचाइ’ मा अनुपम खेरको डबल भूमिकामा अभिनय गरेका सरोज लामिछानेलाई ‘अन्तर्राष्ट्रिय कलाकार’ का रूपमा पनि सम्मान गरिएको थियो ।

यसैगरी, समाजसेवी अनामिका अर्याल ‘महिला समाजसेवी सम्मान २०२२’ बाट सम्मानित भएकी छिन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

