Rashtriya Dainik

निर्वाचन रिर्पाेटिङ र आचारसहिता विषयक तालिम सुरु

रामु भुसाल / नवलपरासी ,६ बैशाख नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा मंगलबार देखी पत्रकारहरुका लागी स्थानिय तह निर्वाचन २०७९ को निर्वाचन रिर्पाेटिङ र आचारसहिता विषयक दुई दिने तालिम बर्दघाटमा सुरु भएको छ । महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिका दुग्ध र अण्डामा आत्मनिर्भर भएको बताउदै नगरले कृषी, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखि आफुले आफ्नो कार्यकालमा कार्यहरु गरेको बताउनुभयो ।
सोही अवसरमा बोल्दै बस्यालले आफुहरु निर्वाचित भएर आएको कार्यपालिकाले बनाएको निति तथा योजना प्रदेश र सघिंय सरकारले समेत अपनत्व लिई देशभर कार्यान्वयन गरेको हुदा नगरका योजनाहरु सफल रहेको बताउदै नगरले लिएको निति खरका छाना मुक्त नगर, विद्यालयहरुमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड, शिक्षामा निशुल्क खाजा कार्यक्रम लागु गरेको बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख माया देवी पौडेलले आफु निर्वाचित भएपछी न्यायिक समितीमा आइसक्दा अहिले सम्म २ सय ३५ उजुरी परेको र त्यसमध्य २ सय बढी उजुरीको निरुपण गरेको २ वटा उजुरी अदालतमा पठाइएको र नगरले महिला,बालबालिका, अपांग, जेष्ठ नागरिकहरुलाई सहज जिवनयापनको लागी विविध कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सोही अवसरमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले पत्रकारहरु राज्यको चौथो अंग भएको हुदा पालिकाका हरेक गतिविधिमा चासो राखि सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने र आफु सधै मिडियामैत्री रहेको हुदा पालिकाबाट प्रदान गरिने सम्पुर्ण सुचना तथा विज्ञापन स्थानिय सञ्चारमाध्यम तथा पत्रकारहरुलाई उपलब्ध गराउन आफु कटिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व जिल्ला सभापति एवं सल्लाहकार टिकाराम गैरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी लगाएतले मन्तब्य राख्नुभएको थियो । जिल्लाका महासंघमा आबद्ध तथा जिल्लाका सञ्चारगृहका पत्रकारहरु गरि ३० जनाको सहभागिता रहेको तालिमको पहिलो दिन निर्वाचनमा कसरी रिर्पोटिङ गर्ने र पत्रकारहरुले निर्वाचनमा गर्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षक वरिष्ट पत्रकार एवं नेपाल पत्रकार महासंघका रुपन्देही जिल्लाका पुर्व अध्यक्ष शेर बहादुर केसीले प्रशिक्षण दिनुभएको थियो भने अर्का प्रशिक्षक नवलपरासीका जिल्ला न्यायधिवक्ता चन्द्र बहादुर सिजांली मगरले अहिले सरकारले लागु गरेको निर्वाचन, पत्रकार आचारसहिता र कानुनी प्रावधानको बारेमा पत्रकाररुलाई प्रशिक्षण दिनुभएको थियो । तालिमको दोस्रो दिन निवर्मचन प्रकृया र पत्रकारको भुमिकाका बारेमा नवलपरासीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश ध्रुब कुमार शाहले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ । महासंघका जिल्ला उपाध्यक्ष मालती न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सदस्य विकास अधिकारीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित