Rashtriya Dainik

पेप्सी कम्पनीका कर्मचारी विभिन्न मागहरु सहित आन्दोलित

राष्ट्रिय दैनिक / नवलपरासी , ६ बैशाख

पश्चिम नवलवपरासीको रामग्राम नगरपालिका वडा नं. १० नदवामा रहेको बरुन बेभरेज (नेपाल) प्रा.लि. पेप्सीका कर्मचारीहरु अन्दोलनमा उत्रिएका छन् ।

पेप्सी कम्पनीका कर्मचारीहरुले विभिन्न मागहरु सहित सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
श्रम ऐन २०७४ लागु गर, ठेकेदारी प्रथा अन्त्य गर, २ सय ४० दिन भन्दा बढी काम गरेका कर्मचारीहरुलाई स्थायी नियुक्ति गर र मनाव संसाधन विभागमा नेपाली कर्मचारी राख लगायतको माग राख्दै पेप्सीको गेटमा तालाबन्दी गरेका थिए ।

ट्रेडयुनियन गठन गर्नको लागि लामो समय देखि प्रयास गर्दै आएका पेप्सीका कर्मचारीहरुलाई कम्पनीले हस्तक्षेप गर्न थालेपछि आन्दोलनमा उत्रेका हुन् ।

उनिहरुले युनियन गठनको लागि श्रम ऐन अन्तर्गत श्रम तथा रोजगार कार्यालय बुटवलमा निवेदन समेत दिएका छन् । युनियन गठनमा लागेका कर्मचारीहरुलाई पटक पटक मानंशिक तनाव, कर्मचारी सरुवा र हाजिर हुन समेत नदिने गरेको आन्दोलनको नेतृत्वकर्ता तथा पेप्सीका कर्मचारी बताएका छन् । कर्मचारीहरुलाई गर्ने तानाशाह व्यवहारले गर्दा युनियन गठन गर्न लागेका हुन ।

करीब ८ वर्ष देखि सञ्चालनमा रहेको पेप्सी कम्पनीले ५/५ वर्ष सम्म काम गरेका स्थाई कर्मचारीलाई स्थाई नियुक्ति नदिएको कर्मचारीहरु बताएका छन् ।

कम्पनी भित्र काम गर्नेहरु कामदाहरुले वर्षमा पर्ने चार्डपर्वमा समेत विदा नपाउने गरीएको भनेका छन् । गएको होलि पर्वमा उनिहरुलाई कम्पनीले विदा नदिई काम खटाएको कर्मचारीहरु भनेछन् । कम्पनी भित्र युनिय गठन पक्षमा २५ भन्दा बढि कर्मचारीहरु रहेका छन् । अन्य अरु कर्मचारीहरु युनियन गठन पक्षमा रहेपनि कम्पनीको डरले अगाडि आउन सकेका छैन्न ।

सोमवार विहान ६ बजे देखि आन्दोलनरत कर्मचारीहरुले तालाबन्दी गरेका थिए । उनिहरुले गरेको तालाबन्दीले पेप्सीका अन्य कर्मचारीहरुले काम गर्न नपाएपछि आन्दोलनरत कर्मचारीहरुलाई जिल्ला प्रशासनमा छलफलको लागि बोलाईएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित