Rashtriya Dainik

सशस्त्र प्रहरीको सक्रियतामा करिब ६२ लाख बराबरको राज्शव छलि गरि ल्याएको ट्रक बरामद

कृष्णा यादव / वीरगंज ५ बैशाख
सशस्त्र प्रहरीबल १३ गणले ट्रकसहित ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले वीरगंजको गण्डकचौक बाट ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भारतवाट नेपाल भित्र्याइएको अवैध सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गंणले विशेष सुचनाको अाधारमा भारतवाट अवैध तरिकाले राजशव छलि गरि ल्याएको ट्रक वीरगंजभई काठमाडौ जाँदै गरेको अवस्थामा प्रज्ञापन पत्र भन्दा सामान बोकेको ट्रकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक तेज पोखरेलले बताउनुभयो।

वीरगंजको गणडकवाट पक्राउ गरेको ना६ ख ४४७४ नम्बरको ट्रकवाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको मोबिल, भारतीय कपडा र खुद्रा सामानहरु २० लाख बराबर जम्मा गरि ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित