सागर वि.क. : स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा पाँच दलीय गठबन्धनभित्रका दलले भोलि मात्र सिटको भागबण्डालाई टुङ्गो लगाउने भएका छन् । कपिलवस्तुका १० पालिकामा गठबन्धनबाट को को उम्मेदवार हुने ? भन्ने बारे भोलि बस्ने बैठकले टुङ्गो लगाउने भएको हो । अहिलेसम्म भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको र भोलि बस्ने वैठकले अन्तिम रुप दिने नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम खाँ ले जानकारी दिए । पाँच दल सम्मिलित संयन्त्रका प्रमुख समेत रहेका उनले कांग्रेसलाई घाटा हुने गरि गठबन्धन नगरिने बताए ।
उनले जिल्लाका १० पालिकामा नै कांग्रेसको दाबी रहेको बताए । उनले भने, ‘जिल्लाका १० वटै पालिकामा कांग्रेसको दाबी छ । सहमति गर्नुपर्ने भएकाले केही घट्न सक्छ, तर ६ वटा त हामीले पहिले नि जितेको हो, ६ भन्दा कम हुदैन् ।’
कांग्रेसले यस अघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ पालिका जितको र अहिले पनि सो भन्दा कम नहुने र नेता कार्यकर्ताहरुले १० वटै पालिकामा दाबी गरेको उनले बताए ।
नेता कार्यकर्ताहरुले कांग्रेस एक्लै चुनावमा लड्नु पर्छ भन्ने आवाज पनि उठेकाले केही स्थानीय तहमा कांग्रेस एक्लै चुनावमा जाने उनको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

