Rashtriya Dainik

प्रतापपुरमा एक घर पाँच योग,पाँच जडिबुटी अभियान कार्यक्रम सम्पन्न

संजय कुशवाहा / नवलपरासी ५ वैशाख

पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकामा एक घर पाँच योग पाँच जडिबुटी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर आयुर्वेद शाखाको आयोजनामा एक घर पाँच योग पाँच जडिबुटीको महत्व र आवश्यकता बारे पाँच दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।


मेरो स्वास्थ्य मेरो जिम्मेवारी, स्वस्थ जीवनको लागि आयुर्वेदीय जीवनशैली ’ नाराका साथ करिब दुई सय जनालाई एक घर पाँच योग र पाँच जडिबुटी सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी भएका थिए

सम्पन्न भएको कार्यक्रमा आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी दिदै हरेक घरमा पाँच योग जस्तै मंडूक आसन ,कपालभाति ,भ्रामरी ,उज्जाई ,अनुलोम विलोम र पाँच जडीबुटी अमला , घृतकुमारी ,तुलसी , निम , दुबोको बारेमा जानकारी गराईएको आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्रा जानकारी दिनुभयो ।
नसर्ने रोगको न्यूनीकरण, पर्यावरण शुद्ध गर्न, लोपोन्मुख जडीबुटी संरक्षण गर्न, सामान्य समस्यामा घरमा नै प्राथमिक उपचार गर्न, आयुर्वेद सेवा घर घरमा पु–याउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको शाखा प्रमुख मिश्राले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित