Rashtriya Dainik

लैंगिक सुनिश्चिताको लागि पाँच वटा पार्टीलाई सामुहिक ध्यानाकर्षण पत्र

सिरहा लहान ५ बैशाख – स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको लागि सिरहाका पाँच वटा पार्टीलाई सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ।स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निर्णायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानव अधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निर्णायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

सिरहा स्थित मानव अधिकार संजाल,महिला मानवअधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक,मानव अधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा माओवादीका सांसद जगत राय,नेकपा एकीकृत समाजबादीका प्रदेश कानुन मन्त्री प्रमोद यादव, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष अशोक यादवलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित