राष्ट्रिय दैनिक / नवलपरासी , ५ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन बैशाख ३० गते ताेकेसंगै फाल्गुन महिनाको अन्तिमतिरै आफूले प्रयोग गर्दै आएको लु १ झ ३६१ नम्वरको स्कारपिओ कार्यालयमा लगि बुझाएका हुन् ।

अाफु पालिका अध्यक्षमा पुनः दाेहरिने इच्छा भएकोले अाफुले प्रयोग गर्दै अाएकाे सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष चाैधरीले गाडी फिर्ता गरेको राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
२०७४ सालको स्थानीय तहको चुनावमा चाैधरी लाेकतान्त्रिक फाेरमबाट सरावल गाउँपालिका अध्यक्ष पदमा ५०४५ मत ल्याई निर्वाचित भएका थिए।
करिब ३ बर्ष पहिलै नेपाली काङ्ग्रेसमा समायोजन भएका अध्यक्ष चाैधरी हाल नेपाली काङ्ग्रेसका जिल्ला सदस्य रहेका छन ।
फेरि चुनावमा उम्मेदवार हुने तयारीमा रहेका अध्यक्ष चाैधरीले निर्वाचन आचारसंहिता पालना गर्न गाडी फिर्ता गरेको बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

