नन्दु यादव ,मंसिर १३/नवलपरासी पश्चिम नवलपरासीकाे प्रतापपुर गाउपालिकावडा नंं.५ बसहियामा अाज जनता समाजबादि पार्टी नेपालले वडा स्तरिय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेकाे छ । जनता समाजबादि पार्टी नेपालका जिल्ला सदस्य सुख्खु मुसहरकाे अध्यक्षता तथा केन्द्रीय सदस्य एव पुर्व सांसद चिनक कुर्मीकाे प्रमुख अतिथ्थता एवम केन्द्रीय सदस्य महिला नेत्री सुनिता काफ्लेकाे विशेष अतिथ्यतामा भेला कार्यक्रम सम्पन्नभएकाे हाे । भेला कार्यक्रममा अशाेक कुर्मी, ब्यासमुनि यादव ,बाबुराम हरिजन ,केन्द्रिय सदस्य मुन्ना लाल गुप्ता ,नेता सुभान अलि असारी लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै बिशेष अतिथि सुनिता काफ्लेले बर्तामान सरकार भ्रष्टमा लिप्त रहेकाे जिकिर गर्नु भयाे । याे सरकारले महिला हिंसा ,देशमा अन्याय,भ्रष्टाचार लगायतकाे काममा मस्त रहेकाे अाराेप लगाउनु भयाे । अबकाे अाउने दिनमा जनता समाजबादि पार्टी नेपालले तराई पहाडि हिमालीमा बसाेबास गर्ने सबै अाम जनताकाे हकअधिकार सुनिश्चित गर्न पार्टिले सडक देखि सदन सम्म लडिरहेने वहाँले बताउनु भयाे । देशमा बसाेबास गर्ने दलित मुस्लिम अादिबासि ,जनजाति ,सबैकाे हक अधिकारकाे लागि अाफु लडिरहने बताउनु भयाे ।तेसै गरि कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चिनक कुर्मीले बर्तामान सरकार जनता राहत ,तथा सुरक्षा दिन नसकेकाे अाराेप लगाउनु भयाे । कम्युनिस्ट सरकारले काेराेनाकाे नाममा लुट मात्र मच्चाएकाे बताउनु भयाे ।जनताले अबकाे निर्वाचनमा जनता समाजबादि पार्टी नेपाललाई अाफ्नाे मत दिई सरकारकाे जिम्मा दिनेे ठाेकुवा गर्नुभयाे ।भेलाबाट सुबास गिरि (गाेसाई)काे अध्यक्षतामा १६सदस्यीय जनता सामजबादि पार्टी नेपाल प्रतापपुर वडा न ५ काे समिति समेत गठन गरेकाे छ ।जसकाे उपाध्यक्षमा त्रिबेणीपाल ,प्रेम नारायण पासि ,राजाराम पासी काेषाध्यक्षमा माया देबि कुर्मी ,सचिवमा सजय यादव र सदस्यमा रघुबिर राजभर रबडा देबि भेडिहार ,सिताराम राजभर ,महेस पासि ,राजु पासि ,सुर्यभान पासि,अफराेप यादव ,अशाेक कुर्मी र लालमन यादव लगायत रहनुर भएकाे छ ।कार्यक्रमलाई जनता समाजबादि पार्टी नेपाल प्रदेश नंं. ५ मा सदस्य मन्नु पालले सन्चालन गर्नु भएकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।